https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

नवरात्रभर कुन शक्तिको कसरी पुजा अर्चना गर्ने ?

प्रतिपदादेखि शुरु हुने नवरात्रको प्रथम दिन शैलापुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ दिन कात्सायानी, सातौ दिन कालरात्री, आठौँ दिन महागौरी, नवौं दिन सिद्धिदात्री को पुजा अर्चना गर्दै सप्तशती चण्डी पाठ गरी नव दुर्गा र त्रिशक्त महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआराधाना गर्ने गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो ।

धार्मिक वर्णनअनुसार भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ ।

यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने तथा खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुघ्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

१४ असोज २०७९, शुक्रवार ११:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु