NIC ASIA Bank Long Ad

प्याडिलक्स प्याडमा समस्या

पूर्व मिस नेपाल शृङ्खला खतिवडाले विज्ञापन गरेको प्याडिलक्स प्याड दुब्लिकेट भएको पाइएको छ । यो प्याडबाट बजारमा धेरै थरीको गुनासो आउन थालेपछि किनेर प्रयोग गर्दा सबै कपासको भुवा आएको पाइएको हो । एउटा पिस प्याड लगभग आधा घण्टा पनि टिकाउन सकिन्न कारण जब रगत आउन थाल्छ रुइ पोको परेर डल्ला/डल्ला बनेर निस्कन्छ ।

त्यसोत प्याडमा राखिनुपर्ने कुनै पनि प्रकारका तत्वहरु नभएर होला चिलाउने, पोल्ने जस्ता समस्या क्षणभरमै देखा पर्दछ । महिनावारी हुँदा महिलाका लागि आधारभूत आवश्यकता हो, प्याड । महिनावारी स्वास्थ्यका हिसाबले निकै सेन्सेटिभ कुरा हो । महिनावारी सबै महिलालाई अनिवार्य हुने भएकाले पनि प्याड आवश्यकता हो । तर बिना परिक्षण बिना बनाइएका यस्तो प्याडले महिलाको स्वास्थ्मा कति असर पर्ला ?

महिलाहरुको महिनावारीलाई ध्यानमा राखेर नबनाइएको यो प्याडबारे सरोकारवाला पक्षा मौन देखिएको छ । कमिसन खाने चक्रमा बनाइएको यो ‘डिस्पोजेबल प्याड’को मुल्य रु ७० लेखिएपनि खुद्रा पसलेले ७५ रुपैया लिएको पाइयो । ओरेज्न कलरको यो प्याड खरिद गर्नेहरुलाई मात्र सोधेपनि थाहा हुन्छ यो कति प्रभावहीन छ भनेर ।

प्याड वितरणको जिम्मा विभिन्न निकायलाई दिएका कारण समाग्रीको उपलब्धता, मूल्यको अनुगमन गर्न सम्बन्धित निकाय जिम्मेवार देखिँदैन । सरकारी तहमा कुनै अनुगमन गर्ने तथा यस विषयलाई हेर्न कुनै सरकारी निकाय नभएकै कारण दुब्लिकेट प्याडले बजार पाएको हो ।

२० भदौ २०७९, सोमवार १५:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु