https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

काउन्सिललाई संसदप्रति उत्तरदायी बनाउन श्रमजीवी पत्रकार संघको माग

संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयकमा काउन्सिललाई सरकारप्रति नभई संसदप्रति उत्तरदायी बनाउने गरि कानुनी व्यवस्था गर्न श्रमजीवी पत्रकार संघ, नेपालले माग गरेको छ । प्रस्तावित विधेयकमा संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रता विपरित बुँदा समेटिएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै संघका अध्यक्ष जन्मदेव जैसीले विज्ञप्तिमार्फत आफुहरुले उठाएका मागहरु समेटेर विधेयम संशोधन नभए कडा संघर्षमा उत्रने चेतावनी पनि दिएका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैसीले सञ्चारसम्वद्ध सरोकारवालाले दिएका असहमतिका बुँदालाई नराखेरै पेश गर्नुले प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार सञ्चार क्षेत्रलाई स्वतन्त्र र स्वायत्त बनाउन सरकार तयार नभएको आरोप लगाए ।

विधेयकमा नेपाल मिडिया काउन्सिलको स्वतन्त्रता र स्वायत्तता सुनिश्चित नगरिएको, आचारसंहिता र स्वनियमलाई कानुनको रुपमा व्याख्या गर्न खोजिएको, काउन्सिलको सदस्यमा सातवटै प्रदेशको प्रतिनिधित्वको ठोस नभएकोमा संघले आपत्ति जनाएको छ ।

१९ भदौ २०७९, आइतवार १६:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु