https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

नवजागृत पुस्तकालयले मनायो पुस्तकालय दिवस

थाहा नगरपालिकामा अवस्थित जिल्लाकै पुरानो पुस्तकालय नवजागृत पुस्तकालयले १५ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मङ्गलबार विचार गोष्ठी तथा चियापान आयोजना गरेको छ । पुस्तकालयका अध्यक्ष मधुसूदन रायमाझीको अध्यक्षतामा उक्त विचार गोष्ठी भएको थियो ।
कार्यक्रममा अध्यक्ष रायमाझीले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउनुपर्नेमा जोड दिनुभयो । पुस्तकालय भनेको ज्ञानको भण्डार हो भन्दै अध्यक्ष रायमाझीले पुस्तकालय अझै व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो ।
नगरमा भएको यश पुस्तकालयलाई व्यापक सदुपयोग गर्नुपर्ने औँल्याउँदै सहभागी हरुले पुस्तकालय व्यवस्थापकहरूको स्तरवृद्धि र पुस्तकालय व्यवस्थित सञ्चालनको लागि नगरपालिकाले प्राविधिक तथा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दियका थिय।
विसं २०२५ मा स्थापित उक्त पुस्तकालय मकवानपुरकै अग्रणी पुस्तकालयमध्येमा पर्छ । पंचायतकालको प्रतिकूल समयमा पुस्तकालय स्थापना भएका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत नवजागृत पुस्तकालयलाई लिने गरिन्छ ।
कार्यक्रमको अवसरमा पुस्तकालयको साधारणसभा भाद्र ३० गते पुस्तकालयको स्थापना दिवसको अवसरमा पुस्तकालयमा दिउँसो २ बजे गर्ने निर्णय गर्दै सदस्यहरुलाइ आफ्नो सदस्यता नविकरण गर्न अनुरोध गरियको छ।

१५ भदौ २०७९, बुधवार २१:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु