NIC ASIA Bank Long Ad

हेटौंडामा भूपू सैनिक सहकारीको बदमासी, सदस्यको पैसा कर्मचारीको खातमा

हेटौँडा ५ मा रहेको भूपू सैनिक सहकारी संस्थाको एक कर्मचारीले पैसा जम्मा गर्न गएका शेयर सदस्यको पैसा सदस्यको खातामा जम्मा नगरी आफ्नो खातामा जम्मा गरेको पाइएको छ । शेयर सदस्यको खातामा पैसा जम्मा भएको रसिद समेत दिएर कर्मचारीले पैसा भने आफूले लिएर प्रयोग गरेको पाइएको हो ।

भूपू सैनिक मिलन बचत तथा ऋण सहकारी संस्था मिमिटेड, हेटौँडा–५ मा असार १ गते एक सदस्यले १० लाख रुपैयाँ रकम जम्मा गर्न गएका थिए तर सहकारीको कर्मचारीले उक्त रकम सदस्यको नाममा जम्मा नगरी आफ्नो खातामा जम्मा गरेको पाइएको छ ।

तर कर्मचारीले ४९८ नम्बरको रसिद काटी सदस्यको रकम जम्मा भएको भौचर दिए पनि पछि शेयर सदस्य जम्मा भएको रकम लिन सहकारीमा पुग्दा उनको खातामा पैसा नभएपछि यो कुरा बाहिरिएको हो ।

सहकारीमा जम्मा गरेको १० लाख हराएपछि रसिदसहित शेयर सदस्य पुग्दा उक्त रसिदको रसिद प्याडबाट रसिदको अफिस कपीसमेत गायव थियो ।

यसरी सहकारीमा रकम जम्मा गर्न आउने सदस्यको रकम नै गायव गर्ने कर्मचारी भने अहिले सुत्केरी भएर बसेको भनेर सहकारीले जोगाउन खोजेको छ ।

सहकारीका अध्यक्ष सुधिर थापाले शेयर सदस्यले रकम जम्मा गरेको तर सहकारीमा जम्मा नभएको पाइएको स्वीकारे । उनले सदस्यको रकम हिनामिना गर्ने कर्मचारीलाई कारबाही गरिने बताए ।

सहकारीमा आफुले जम्मा गरेको रकमको खोजी गरेपछि उनलाई भदौ मसान्तभित्र चल्तीको ब्याजसहित रकम दिन सहकारी तयार भई कागज गरिएको छ । तामाङले ब्याजसहित १० लाख रुपैयाँ फिर्ता पाउने गरी सहकारीले वडा प्रतिनिधिको रोहवरमा वकिल लगाएर कागज गरेको छ ।

१९ असार २०७९, आइतवार १७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु