NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

लायन्स क्लब हेल्प डेस्कको अध्यक्षमा ढकाल

 

लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क को प्रथम साधारणसभा सम्पन्न भएको छ ।

बुधबार हेटौंडाको क्वीक २० होटलमा भएको भेलाले ध्रुबराज ढकालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा राज सापकोटा, द्वितीय उपाध्यक्षमा रामेश्वर ( ईमरान ) दास, सचिबमा हरिहर खतिवडा र कोषाध्यक्षमा अच्युतम पौडेल निर्विरोध चयन भएका छन् ।

साधारण सभामा लायन्स क्लब एरिया ३२५ B2 का एरिया चिफ किशोर टण्डन, रिजन चियर पर्सन तथा लायन्स कल्ब अफ मकवानपुर हेल्प डेस्क को मातृत्व क्लब लायन्स क्लब अफ मकवानपुर डायमण्ड का संस्थापक अध्यक्ष जे.पी यादब, लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कका संस्थापक अध्यक्ष प्रविन मैनाली, डिष्ट्रिक्ट डेपुटी चिफ गंगा प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

क्लबको माध्यमबाट सामाजिक बिकास र समृद्धिको क्षेत्रमा कार्य गर्ने नवनिर्वाचित अध्यक्ष ढकालले बताउनुभयो ।
ढकालले क्लबलाई स्थापित गर्नको लागि सबैको सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।

१ असार २०७९, बुधवार २१:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु