NIC ASIA Bank Long Ad

पत्रकारितालाई व्यवस्थित गर्न अभिमुखीकरणलाई निरन्तरता

पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन हरेक साताको शुक्रबार गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई प्रेस काउन्सिल नेपालले निरन्तरता दिएको छ । शुक्रबारको कार्यक्रममा विषय विज्ञ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल तथा काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले प्रशिक्षण दिनुभएको छ ।

कार्यक्रममा दाहालले अनलाइन पत्रकारिताले चुनौती बढाएको भन्दै पत्रकारिताका निश्चित मूल्य मान्यतालाई आत्मसात गरि पत्रकारिता गर्नुपर्ने सुझाव दिनुभयो । हरेक पेसा र व्यवसायको आफ्नो धर्म हुने भन्दै पत्रकारिताको धर्म सत्यतथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुरहेको उहाँको भनाइ थियो । उहाँले पत्रकार आचारसंहिता अन्र्तगतको सम्पादकीय स्वतन्त्रता, गोपनीयताको हकको सम्मान, गल्ती सच्चाउन तत्परता र पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा पुग्नेगरी सूचनाको सम्प्रेषण गर्न नहुनेतर्फ सजग रहनपर्ने बताउनुभयो ।

सदस्य बेलबासेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरू महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिनुभयो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले शुक्रबारबाट ज्येष्ठ नागरिकतामैत्री निर्देशिका सार्वजनिक गरेको भन्दै यसको सफल कार्यान्वयनका लागि सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । सोहीक्रममा प्रेस काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको लोगो अंकित ब्याच पूर्व अध्यक्ष दाहाललाई प्रदान गर्नुभयो ।

१६ वैशाख २०७९, शुक्रवार १९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु