रोबोटको सिस्टमबाट ऋण दिदैँ एनएमबि बैंक
एनएमबि बैंकले रोबोटको सिस्टमबाट ऋण दिन थालेको छ । एनएमबि बैंकले फरक प्रकृतिको बैंकिङ सेवाका लागि लगानी बढाएको हो ।
एनएमबी बैंकले प्रविधिलाई नै प्रयोग गरेर बैंकमा खाता हुने कर्मचारीहरुले २ लाखसम्म विना धितो ऋण लिनका लागि अनलाइनबाटै निवेदन दिनसक्ने प्रविधिको विकास गरेको छ ।
बैंकका खातावालाको विगतको गुडविलका आधारमा उनीहरुले ऋण लिन पाउने आधार बैंकको एआइले नै तयार गर्छ र ग्राकहलाई एसएमएस पठाउँछ । यदि ग्राहकलाई ऋण आवश्यक रहेछ भने त्यहि एसएमएसमा क्लिक गर्ने अवसर पनि राखेको हुन्छ ।
उक्त अप्सनमा क्लिक गरेपछि ऋणका लागि फाइल तयार हुन्छ । उक्त फाइलमा ग्राहकले आफूले लिन सक्ने ऋणमा क्लिक मात्र गरिदिएपछि ऋण सदर हुन्छ । निरन्तर तीन महिनासम्म एनएमबि बैंकमा कर्मचारी खाता खोलेका ग्राहकले आफ्नो तलबको तीन गुणासम्म ऋण लिन पाइन्छ । बैंकले यो सेवामा धेरै ग्राहकको सन्तुष्टि पाइरहेकाले अब यो ऋण लिन पाउने रकमको सिमा समेत बढाउने योजनामा रहेको छ ।
जुन रुटिन म्यानुअल खाले कामहरू फर्म भर्ने लगायतका कामलाई रोबोटले गर्न सक्छ । जससँग सम्बन्धित एप्लिकेशन प्रयोग गरेर कर्जा दिन सकिने नयाँ सेवा केही समयमा नै सार्वजनिक गर्दै गरेको बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै बैंकले नयाँ सेवा सार्वजनिक गर्ने बताएको छ । जसमा अब ठूलो ऋणीले समेत बैंकसम्म नपुगी नै आफ्ना ऋण लिने प्रक्रिया पुरा गराउने काममा लागेको छ ।
पछिल्लो समय प्रयोगमा आइरहेको सेवाभन्दा भिन्न तरिकाले सेवा दिनुपर्ने बाध्यतालाई एनएमबि बैंकले पनि अब्बलता देखायो । नेपाल राष्ट्र बैंकले बायोमेट्रीक प्रविधि प्रयोग गरेर ग्राहकको खाता सञ्चालन गर्न पाइने व्यवस्था गरेपछि एनएमबि बैंकले यसलाई भरपूर सदूपयोग गर्दै अनलाइनबाट नो योअर कस्टोमर केवाइसी अपडेट गर्ने प्रविधिको विकास गर्यो ।
यससंगै भिडियो नो योर कस्टोमर भीकेवाईसी मार्फत ग्राहकलाई खाता खोल्न सहज बनायो । यो सुविधा लागू गर्ने नेपालकै पहिलो बैंक एनएमबी बैंक बन्यो । अनलाइनबाट खाता खोल्न सहज बनाउन एनएमबी बैंकले भिडियो कलमा आधारित रहेर खाता खोल्न मिल्ने सेवा शुरु गरेको हो । उक्त सेवा बैंकले २०७७ असोज ११ गतेदेखि सञ्चालनमा छ ।
यसमा ग्राहकहरूले एनएमबीमा भिडियो कल मार्फत अनलाइनबाट नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन् । यसका लागि एनएमबि बैंकको अनलाइन बैंकिङ वा बैंकको मोबालइल एपमा गएर फारम भर्ने र भिडियो केवाइसीका लागि बुक गर्ने र बैंकका कर्मचारीसँग प्रत्यक्ष रुपमा भिडियो कल गरेर आप्mना सम्पूर्ण विवरण राख्न सकिन्छ । यसका लागि बैंकको वेवसाइट वा मोबाइल एपको भीकेवाईसीको डिजिटल लिंकमा जानुपर्छ ।
भिडियो कलबाटै आफ्नो व्यक्तिगत विवरण केवाईसी अपडेट गराएर बैंक खाता खोल्न सकिन्छ । भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रहेर खाता खोली कारोबार गर्न सकिन्छ ।
हालसम्म दुई हजार ५ सय ग्राहकहरू एनएमबीको भीकेवाईसीमा जोडिएका छन् ।
३ फागुन २०७८, मंगलवार १०:३८ बजे प्रकाशित