NIC ASIA Bank Long Ad

कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि काउन्सिलले गर्यो अनलाइन उजुरी बाहेकका सेवा स्थगित

उपत्यकामा कोभिड–१९ सङ्क्रमणको दर बढिरहेको अवस्थामा प्रेस काउन्सिल नेपालले उजुरी बाहेकका अन्य सेवा प्रवाह स्थगित गरेको जनाएको छ ।

काउन्सिलले आज एक सूचना प्रकाशित गरी संक्रमणको जोखिम बढेसँगै कार्यालयका हलुका सवारी चालकसहित ४ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको जनाएको छ । केही कर्मचारीलाई रुघाखोकी तथा ज्वरो आउनेजस्ता कोरोना सङ्क्रमणको लक्षण देखिए सँगै प्रत्यक्ष सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गराइएको जारी सूचनामा उल्लेख छ ।

दशैंको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड–१९ को संक्रमणले भयावह रूप लिन सक्ने अवस्थालाई मध्यनजर गरी परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आ–आफ्नो घरबाट उजुरी र स्वअनुगमनसम्बन्धी कार्य गर्ने गरी मिति २०७७/७/३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि सम्पूर्ण सेवा स्थगित गरिएको उप–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी सूचनामा जनाइएको छ ।

२ कात्तिक २०७७, आइतवार २१:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु