NIC ASIA Bank Long Ad

विश्व हुलाक दिवस – चिठीपत्र घट्दो, पार्सल सेवाको माग बढ्दो

खै हुलाकी दाई ?

सम्झना पौडेल- विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिनमा मनाइन्छ । संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक सङ्घको स्थापना भएको दिन प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस बनायने गरेको हो ।

उक्त संघको सन् १८७४ अक्टोबर ९ मा स्थापना भएको थियो । यो पछि संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकायका रूपमा दर्ता भयो । नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।

नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपलमा पनि हुलाक दिवस मनाउन थालिएको थियो । सञ्चारको प्रारुपको शुरुवात हुलाक वाट शुरुभएको हो । सूचना र सञ्चारको संवाहक तयतिबेला हुलाक नै थियो । आजको जस्तो सञ्चारको आधुनिकिकरण भैसकेको थिएन ।

मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरागर्न हुलाकको प्रयोग हुन्थयो । हुलाक मार्फत पत्र आएपछि पढेर सुनाइन्थ्यो । यसरी महिनौ लगाएर बल्ल पत्र मार्फत कुरा हुन्थयो तयहिपनि अरुले बढेर सुनाउने गरिन्थयो (लेखपढ नगर्नेहरुको हकमा) । हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो ।

परबाट हुलाकी आयोभनि मान्छेहरु आफ्नो आफनतको पत्र आयो कि भनेर दर्गुदै सोध्न पुग्थये तर अहिले त्यस्तो कहाँ छ र ? धेरैपरसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन् ।

उनिहरुको नाम नै हुलाही दाइृ हुन्थयो । आजको मोबाइल, त्यसमा प्रयोग हुने सिम कार्ड, विभिन्न एप्सहरु, फेसबुक ,टुयटर, भाइबर जे भनेपनि हुलाकी नै हुन्थ्ये । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे । ए हुलाकी दाई मेरो पत्र आएको छ भनेंर सोध्न । पत्र र सन्देश उही हो केवल संवाहक र गतीशीलतामा परिवर्तन आएको हो । ईतिहास वोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदोपुस्ताहरुलाई वताउन जरुरी छ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।

नेपालको हुलाक सेवाले चुनौतीको रुपमा नलिई हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्नेछ । हुलाक क्षेत्रमा भएको हालको अवस्थामा विभिन्न बाधा र समस्याहरुका बीच पनि कर्तव्यप्रति सजग रही खटेर काम गर्ने सम्पूर्ण हुलाककर्मी एवं हुलाक सेवाको उपयोग गर्नसक्नुपर्छ । एक समय लोकप्रिय रहेको भए पनि सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

यद्यपि, सरकारी कामकाजका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ । कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन ।

प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो । यद्यपि चुनौतीका बीचमै हुलाकको पार्सल (पुलिन्दा) तथा व्यावसायिक सेवामा आकर्षण छ ।

चिठीपत्र घट्दो छ, पार्सल र व्यावसायिक सेवाको माग बढ्दो छ । व्यावसायिक सेवा दिने हो भने अझै हुलाकको प्रभावकारिता रहन्छ । अब व्यावसायिकतामा जानुको विकलप छैन । जापानमा दूधलगायत खाद्यसेवा हुलाकबाटै उपलब्ध हुन्छ । भुटानमा हुलाक बस सेवा छ जुन कोलकत्तासम्म जान्छ । नेपालमा पनि यस्ता व्यावसायिक सेवा ल्याउनु जरुरी देखिन्छ । -द नेपाल सूचना डटकम

 

 

२३ असोज २०७७, शुक्रवार ११:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु