NIC ASIA Bank Long Ad

प्रेस काउन्सिल उत्कृष्ट कर्मचारी पुरस्कार लेखा अधिकृत सविता ढकाललाई

प्रेस काउन्सिल नेपालले ५१ औँ बर्षिक उत्सवको अवसर पारेर विभिन्न शीर्षकमा पुरस्कार वितरण गरेको छ । यसवर्ष पाल्पाको तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार पूर्व राजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई प्रदान गरिएको छ । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी १ लाख ५१ हजार रुपैयाँ छ । १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।

त्यस्तै २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई दिइएको छ ।

यस्तै, १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यस वर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिराहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई दिइएको छ । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट कर्मचारी पुरस्कार लेखा अधिकृत सविता ढकाल र मिडिया अनुगमनकर्ता शिवप्रसाद पराजुलीले प्राप्त गर्नुभएको छ ।  धनकुटाको हिलेमा जन्मनुभएकी सविता ढकाल २०७१ साल असार २३ गते लेखापालका रूपमा प्रेस काउन्सिल नेपालमा सेवा प्रवेश गर्नुभएको हो । कागेश्वरी मनोहरा नगरपालिका गोठाटार वडा नं ९, काठमाडौँकी स्थायी बासिन्दा ढकाल मिति २०७४ साल भदौ १९ गतेदेखि पदोन्नती भई लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ ।

त्यसैगरी जोखिम कार्य प्रोत्साहन पत्र विष्णुप्रसाद न्यौपाने, मनोजकुमार मण्डल, प्रेस काउन्सिल नेपाल दीर्घसेवा पदक -२० वर्ष सेवा अवधि पूरा गरेका) कृष्ण बस्नेत, प्रोत्साहन पुरस्कार शिवकुमार खड्का र गीता कठायतलाई प्रदान गरेको छ ।

६ असोज २०७७, मंगलवार १९:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु