तिहारमा धनकिदेवि लक्ष्मीलाई पूजा गर्ने विधि
लक्ष्मी भगवानले कमलको फूल निकैनै मनपराउनुहुन्छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ । यसैगरी कमलको कोपिलालाई माला बनाएर लगाउनुहुन्छ । यही कारणले गर्दा कमलको फूललाई पवित्र मानिन्छ । लक्ष्मीलाई खुसी पार्ने सबैभन्दा ठूलो कुरा कमलको फूलनै हो ।
हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ ।
जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड पनि भन्ने गरिएको हो । औँसीको रातमा उज्यालो पार्न दियोको महत्वपूर्ण भूमका हुन्छ । अन्धकारलाई हटाउन दियो बाल्ने चलन वैदिन कालदेखि नै रहेको थियो । त्यसैले दियो लक्ष्मीलाई खुसी पार्ने अर्को चिज हो ।
स्वस्तिक चिह्न
स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने चिह्न हो । लक्ष्मी पूजाको समयमा लक्ष्मीलाई घरभित्र भित्राउन घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाइन्छ।
लक्ष्मीलाई मनपर्ने अर्को चिह्न हो ॐ। सबै लक्ष्मीका मन्त्र ॐ बाट नै सुरु भएका छन् । ॐ वैदिन मन्त्र हो र यो सर्वब्यापी छ ।
पहेँलो कौडी लक्ष्मीलाई धेरैनै मनपर्छ । धनी र गरीब सबैले पहेँलो कौडी सजिलै पाउन सक्छन् ।
लक्ष्मीलाई खुसी पार्न पूजा गर्दा पहेँलो कौडी प्रयोग गर्न सकिन्छ ।
नरिवलस्
धेरै नरिवलको माथिल्लो भागमा तीनवटा थोप्ला हुन्छ तर एउटै मात्र थोप्ला भएको नरिवल पाउन धेरै गाह्रो हुन्छ । यो नरिवललाई लक्ष्मीको प्रतिकका रुपमा लिइन्छ । यो नरिवललाई खानको लागि भन्दा पनि लक्ष्मीको साधनाको लागि प्रयोग गरिन्छ ।
अन्नस्
मानिसको लागि अन्न् सबैभन्दा ठूलो सम्पत्ति हो । अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन,त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।
यन्त्रहरुमा श्रीयन्त्रलाइृ सबैभन्दा ठूलो मानिन्छ । श्रीयन्त्रमानै लक्ष्मीले वास गर्छिन । श्रीयन्त्रनै लक्ष्मीको शक्तिको मूल स्रोत हो । त्यसैले श्रीयन्त्र जहाँ हुन्छ ,त्यहाँ लक्ष्मीले वास गर्छिन भनिन्छ ।
भ्गवान कमलालाई लक्ष्मी स्वरुप मानिन्छ । कमलालाई छुट्टै देवता पनि मान्ने गरिएको छ । कमलाको वाहन सेतो हात्ती हो । यही कारणले लक्ष्मीले सेतो हात्ती चढ्न मनपराउँछिन् भन्ने भनाई छ ।
वैदिक कालमा सुनले मुद्राको काम गरेको थियो । धन र समृद्धिको देवी लक्ष्मी भएकाले लक्ष्मीले सुन मन नपराउने कुरै भएन । त्यही भएर लक्ष्मी पूजा गर्दा धनसम्पत्ति रोखेर पूजा गर्ने गरिन्छ ।
५ कात्तिक २०७९, शनिवार १३:१६ बजे प्रकाशित