NIC ASIA Bank Long Ad

सुशासन र विकास

बसन्त कुंवर, नेपालमा पुरस्कृत गर्नु पर्यो केही गतिलो मानिसहरुको नाम पॉउँन भनेर कसैले सोधेमा नाम बताउन नसकिने भईसकेको छ ।

किनकी हरेकले हरेकलाई यति धेरै बद्नाम, कलंकित, बिटुलो र फोहोर पारिसकेका छन् कि यहाँ जो कोहीलाई पनि पबित्र रहन संभबनै छैन। न राजालाई पबित्र रहन सरल छ न छाप्रोमा रहनेलाई ?

कोहिले केही पदमा नियुक्ति पायो भने भोलि पल्टैबाट भररर बिरोध सुरु। कोहिले पदोन्नति पायो, कुरा काट्न सुरु, कसैले कुनै असल काम गरेको बतायो, ताना मार्न सुरु, कसैले केही असल काम गर्ने चाहना बतायो, गिराउन र उडाउन सुरु, कोही केही कुराको सुधार गर्न चाहान्छ, आत्माबल गिराउन सुरु, कोहिले पाएको डिग्रीको कुरो गर्यो खिल्ली उडाउन सुरु, अलि कति राम्रो गरेको देखियो बालत्कारको आरोप लगाएर हुन्छ की षडयन्त्र गरेर हुन्छ त्यसको क्यारिएर खतम पार्न सुरु, अलिकति लोकप्रिय भयो फसाउन सुरु, अलिकति कमायो लुट्न र चन्दा आतंक गर्न गराउन सुरु, अलिकति सपन्नता आयो तस्कर भन्न सुरु, अलिकति सत्य बोल्यो कुण्ठा पोख्यो भन्न सुरु ।

यसैले हो नेपालीहरुको आत्माबल गिर्दै छ । उनीहरु आजभोलि आफुले गरेका र सोचेका असल काम र बिचारहरु पनि अरुलाई भन्न र बॉड्न हिचकिचाइ रहेका छन्। असल काम र उपलब्धी कोही सुन्नै तयार छैनन् मानौ त्यो काम गर्नु नै अपराध हो।

यसैले हो, नेपालीहरु आफ्नो देश छोडी बिदेशमा बसेर आफ्ना खुबी देखाउन बाध्य छन् । हामी नेपालीहरुको सोच दिन प्रति दिन नकारात्मक, ध्वन्सात्मक, कलुशित र आलोचनाले भरिएको हुँदैछ । यस्तो स्थितिमा समुहमा बसेर काम गर्ने कसरी ?

जिन्दगी भर असल काम गर्यो त्यसको तारिफमा आफ्नै भन्ने र संगै काम गरेकाहरु पनि चुइक्कसम्म नबोल्ने, धन्यवादसम्म पनि नभन्ने तर जहाँ र जस्तै एउटा सानो मात्र पनि बद्नाम र अपमान गर्ने मौका मिल्छ त्यसमा चॉहि भोजन समेत खान बिसेर बडाइ चढाइ साथ दिने, समय दिएर अरुलाई गिराउन लागि पर्ने, बिना कारण र महत्वको बिषएमा पनि खुब चासो राख्ने, षड्यन्त्र र प्रोपोगाण्डामा सहभागी हुने, साथ दिने ।

यस्तो नियत र व्यवहार भएका वरिपरि दायाँ बायाँ जतातत्तै भए पछि कसरी कसैले समुहमा काम गर्न सक्छन् त ? कसरी आफ्नो नैतिकता र व्यक्तित्वलाई पबित्र राख्न सक्छन् त ? मानिसहरुलाई तारिफमा भन्दा अपमानमा बढी रुची हुन थाले पछि कोही त्यस्ता बजारमा कसरी मर्यादित हुन सक्छन् त ?

जब आफु आफैबाट, एक आर्काको मर्यादा र बिश्वसनियता बर्बाद गरिन्छ भने त्यसपछि हाकिम बनेर मर्यादा कसले र कसरी पाउने ? राष्ट्रपति, राजा, प्रधानमंन्त्री, न्यायाधिश जे भए पनि मर्यादा को बाट र कसरी पाउने ? नेता बनेर कसले र कसरी शुद्ध पाउने ?

यस्तो बेलामा त बरु डन अपराधीहरुले सम्मान र पद पाउने छन् । किनकी तिनका बिरुद्धमा मान्छे बोल्न, लेख्न डराउछन् । तर, ती बाट त शुसासन र बिकास त संभब छैन। असल काम त संभब छैन।

सबै आरोपित, कलुशित, बद्नाम र दाग लगाइएको भएपछि फेरी को बाट बिकस र सुशासन संभव छ त ? काम चॉहि कसले गर्ने त ?

सानो अपमान र बद्नाम पनि सहन नसक्ने हो भने यो खाले अरुलाई उडाएर, फसाएर र बिगारेरै माथि चढ्न सकिन्छ भन्ने बिश्वास राख्ने समाजमा कुनै पनि साइकल अफ एक्सन वा कर्तव्य पुरा गर्नै सकिन्न ।

सानो कुरामै नियोजित रुपको आरोपमा यदि कसैको संबेदनशिल हुने, डराउने र काम नै छोड्ने वा डिप्रेसनमै जाने बानी छ भने त यहाँ काम गर्ने र निर्णय गर्ने अधिकारी नै पाइदैन। कुनै पनि निर्णय गर्ने ऑट नै कसैको हुँदैन।

अत नेपालमा चोखो कोही छैनन्। चोखो भए पनि कोही मान्दैनन् र बिटुलो नबनाए सम्म अर्कोलाई चित्तै पनि बुझ्दैन। यही प्रक्रियाद्वारा सबका बदनाम भई सकेको अवस्था छ ।

यस्तो अबस्थामा असल काम गरी समाजलाई सहयोग र रुपान्तरण गर्छु भन्नेहरुले मेरो अनुभवमा सबैको असल बन्न तिर लाग्ने होइन सत्यलाई साक्षी राखि आफ्नो नैतिकतामा अडेर कर्तव्य निभाउन तिर डटेर लाग्नु पर्दछ ।

कसले मेरा बारेमा के भने के लेखे ? भन्ने तिर लागे बौलाहा नै भइन्छ ।यहाँ कसैले आफुलाई उचाल्दा दंग र पछार्दा दिक्क हुनु पर्ने कुनै कारण छैन ।

आफ्नो फोकस हुनु पर्दछ मैले यो काम पुरा गरी नतिजाबाट नै जबाफ दिनु छ बस् हामी यतै तिर लाग्नु पर्दछ ।यहाँ कसैलाई जबाफ दिएर मुख टाल्न नसकिने अबस्था भई सकेको छ । किनकी आलोचकको नियतमै खोट छ ।

त्यसैले नेपालमा सानादेखि ठूला पदसम्म रहेका हरेक सासकहरुले यति ऑट गर्न नसके वरिपरिकाहरुले यत्ति उडाउने छन् कि मान्छे पागल हुन बेर लाग्ने छैन ।

किनकी अरुलाई गिराउन र उडाउनुमा नै मनोरंञ्जन लिने बानी भएका करोडौं मुख र हातहरु भएपछि त्यहाँ सहकार्य गरौं वा सबलाई लिएर अघि बढौं भन्ने चाहाना पुरा हुनै सक्दैन ?

नियतमै खोटहरुसंग सहकार्य हुनै सक्दैन। सहकार्य गरिए पनि तिनले टिममै बसेर यति बाधा हाल्दछन् की हामीलाई काम गर्नै दिदैनन्।

यो अवस्थामा काम गर्न कसरी संभब होला त ? चुपचाप केही नगरी बसौं भने पनि भोलि तिनै ताना मार्नेहरु ले आफैलाई असक्षम भनी आरोप लगाइ दिने छन् । उडाइ दिने छन् ।

हामी असक्षम पनि किन कहलिने त ? यसैले निडरतापुर्वक प्रयोग गरौ आ-आफ्ना अधिकारहरु निर्धक्कसंग यसै बाटोबाट अघि गुज्रदा नै सानै भए पनि उपलब्धी संभब छ । अन्यथा…?

३ माघ २०८०, बुधवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु