मेयर शाहको अराजक अभिव्यक्ति र ‘ब्याक फायर’
सम्झना पौडेल- सामाजिक सञ्जाललाई सही तरिकाले चलाउन जानियो भने फाइदा र गलत तरीकाले प्रयोग गरीयो भने बेफाइदाको परीणाम आफैँले भोग्नु पर्छ । फेसबुक लगायतका सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको कसरी दुरुपयोग गर्ने भन्ने गतिलो उदाहरण बनेका छन् धरानका मेयर हर्क राई र काठमाडौँ महानगरका मेयर बालेन शाह ।
यी दुई मेयरको फेसबुकको स्टाट्सको भाषाशैली मात्रै हेर्ने हो भने जो कोहीको शरीरका काडाँ उम्रन्छ । कहिले सामाजिक सञ्जालमा आएर रूने देखि धर्मको नाममा गैर जिम्मेवार अभिब्यति दिनेदेखि लिएर सिंहदरबार जलाउने र चोर सरकार भन्ने सम्मको अभिव्यतिले नेपाली जनताको रगत छिन भरमै उमालेको छ । सामाजिक सञ्जालमा आम जनतालाई उत्तेजित पार्न भाषाशैली प्रयोग गरेकै कारण यी मेयरहरु चर्चाको शिखरमा छन् ।
यिनका स्टाटसमा केही छिनमै हजारौँ लाइक आउन्छ । वाहवाही पाउन्छन् । नेपालमा सोसल मिडियाको चरम दुरुपयोग यी दुइले मात्रै नभएर अन्यले धेरैले गरेकोमा दुइमत भएन तर जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यति दिने यिनलाई कारबाही गर्ने गतिलो मापदण्ड नभएकाले पनि चरम दुरुपयोग मात्रै भएको छैन आम नागरिकले त्यसकै सिको गर्दैछन् । यिनिहरुको स्टाटस्लाई वाह् वाह् भन्ने र दुई÷ चार लाख लाईक रियाक्ट हान्दिने र हजारौँ शेयर कमेन्ट गर्ने जनता छन् । आलोचनालाई स्वीकार गर्न नसक्ने र मपाइत्व हावी भएका यिनको आफ्नै रवाफ छ ।
हिजो अर्थात भदौ १६ गते सनिवार (सार्वजनिक बिदाको दिन) काठमाडौँ महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरेपछि गरेकै भरमा मेयर शाहले शरीरको रौँ ठाडो पार्ने भाषाको प्रयोग गर्दै एउटा स्टाटस् लेख्छन् । त्यो स्टाटस् थियो । “आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार । फेसबुक पेजमा लेखेको “सिंहदरबारमा आगो लगाइदिन्छु र चोर सरकार” भन्ने शब्द सहितको स्टाट्स मुलुकी अपराध संहिता, २०७४ को राज्य विरुद्धको कसुर अन्तर्गत दफा (५०) को राजद्रोहको उपदफा (३) बिपरित देखिन्छ । सो कार्य गरे बापत तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना पनि हुनसक्ने देखिन्छ । यदि यो दफा बमोजिम मुद्दा चलाएर दोषी ठहर भएमा यो कसुर नैतिक पतन हुने फौजदारी कसुर भएको देखिन्छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ५०. राजद्रोहः सम्बन्धि निम्नकुरा समेटिएको छ । (१.नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक सङ्गठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन दिन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पच्चीस वर्षसम्म कैद हुनेछ । (३) नेपाल सरकार वा नेपाल सरकारको काम कारबाहीको सम्बन्धमा कसैले लेखेर, वचनले, आकार वा चिह्नद्वारा वा अरु कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाई नेपाल सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्न वा गराउन वा त्यस्तो उद्योग गर्न गराउन हुँदैन । तर यस उपदफामा लेखिएको कुनै कुराले नेपाल सरकारको स्वस्थ र मर्यादित आलोचना गरेकोलाई कसूर गरेको मानिने छैन । (४) उपदफा (३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।)
एक त शनिबारको दिन सरकारी गाडीको प्रयोग गर्नु आफैँमा सरकारी सम्पतिको दुरुपयोग गर्नु हो । प्रहरी प्रशासनले चेक गरेकोमा खासमा प्रहरीलाई धन्यवाद दिनुपर्ने थियो । कारण प्रहरीले आफ्नो कर्तव्य राम्रो पालना गर्दौ रहेछन् । कि बालेनको गाडी भन्दैमा २१ तोपको सलामी दिनुपर्ने थियो ?
विदाको दिनमा आफ्नै रातो ल्पेटको गाडि नचलाएर किन महानगरको गाडि त्यो पनि श्रीमतिका लागि चलाएका हुन्, यो आफैमा भ्रष्टाचार होईन । काठमाडौंका गरिबहरुको विल्लीवाठ गराए जस्तै सिंहदरवारमा पनि आगो लगाईदिन्छु भन्ने यो त अराजकताको हद हो ।
फेरी भ्रमपनि यसरी फैलाइयो कि एक हप्ता अघि मात्रै सुत्केरी भएकी श्रीमतिलाई बधाई दिदै रुटिन अफ नेपाल बन्दले भ्रमछर्ने हिसाबले स्टाटस् हाल्यो । भिक्टर पौडेल एडमिन रहेको (आरओएनबी) नामक चर्चित पेजले बालेनको बचाउ दम्पतीलाई पुत्री लाभ भएको जानकारी दिँदै बधाई दिइएको थियो । त्यो ‘स्टन्ट’का कारण बालेनप्रति आक्रोशित हुनेहरुले उक्त गाडीमा सुत्केरी शविना सवार भएको हुनसक्ने अड्कल काट्दै भावनात्मक बने । तर, ‘रुटिन अफ नेपाल बन्द’ले बालेनको बचाउका लागि आफ्ना लाखौं फ्लोअर्सलाई ढांटेको पाइएको छ । आज नभएर सविना १ साताअघि नै डेलिभरी भएको पाइएको हो । मेडिसिटी अस्पताल स्रोतले सविनाको एक साताअघि नै डेलिभरी भएको पुष्टि गरेको छ ।
केपि शर्मा ओलीको भाषामा भन्ने हो भने स्टेजको मुनि केटा केटि नाच्न सिक्दै छन कि ? नेपालको कानुन र नेपाल सरकार भन्दा पनि माथी आफुलाई देख्ने र यसकै सिको गर्ने केही भिडले देशलाई नै द्धन्दको दलदलमा फसाउने देखियो । काठमाडौँ महानगरकै उपमेयर उपमेयर सुनिता डंगोलको अव्यक्तिलाई हेर्ने हो भने यिनको तुलनामा निकै बौद्धिकताले भरीपुर्ण छ । अभिव्यक्ति कसरी दिने भन्ने सन्दर्भमा उनीबाट थोरै सिके यिनले पनि सिके बेफाइदा हुँदैन । हामीले सुशासनको आशा गरेका मेयर वालेनवाट यस्तो अराजक टिप्पणी आउनु भनेको दुर्भाग्य हो । उनीमा पनि अहिले स्वेच्छाचारी शासक वन्ने भुत चढेको जस्तो छ । गणतन्त्रात्मक व्यवस्थाका मेयर हुन् बालेन । उनको अराजक अभिव्यक्तिले अहिले उनैलाई ‘ब्याक फायर’ गरिरहेको छ ।
अहिले सामाजिक सञ्जालमार्फत बढी नै अतिरञ्जित गर्ने मनलाग्दी बोल्ने, कार्टुन बनाउनेसम्मको कामले सीमा नाघेको छ । सामाजिक सञ्जाल अब प्रयोग मात्रै हैन, दुरुपयोगको उच्चतम विन्दुमा पुगिसक्यो । यसको नियमनमा नेपाल पछाडि परिसक्यो । भारतदेखि युरोपेली, अमेरिकी देशहरुसम्मले विभिन्न मोडालिटीमा सामाजिक सञ्जाललाई नियमन गरेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिगत मानहानि मात्रै हैन । आर्थिक अपराधसम्म हुने गरेका छन् । गम्भीर अपराधहरुलाई समेत अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर हेर्न मिल्ने अवस्था हुनुहुन्न । सामाजिक सञ्जालबाट हुने गाली बेइज्जती, मानहानि, गलत सूचना तथा भ्रामक सन्देशको प्रवाहसहित दुष्प्रचारबाट जोगाउने गरी कानुन निर्माणको नभए देशमा भाडभैलो हुने, अभिव्यक्ति स्वत्रन्त्रताको चरम दुरुपयोग हुने र जो कोकी पनि शिकार बन्न सक्ने तर्फ सरकार बेलैमा सजग हुन जरुरी छ ।
आरओएनबीको पहिलो र दोस्रो पोस्ट हेर्नुहोस्ः
१७ भदौ २०८०, आइतवार १४:३६ बजे प्रकाशित