NIC ASIA Bank Long Ad

न्यायको लागि विनुहरू कहिलेसम्म सडकमा ?

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि महिलाविरुद्ध हुने हिंसाविरुद्ध अन्तराष्ट्रिय दिवस चलिरहेको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा ‘म हिंसा गर्दिन र हिंसा सहन्न’ भन्ने प्रतिबद्धताका साथ १६ दिने अभियानको उद्घघाटन भयो । तर अभियान शुरू भएको केहि दिनमै न्याय पाउनको लागि पीडित महिला सर्वोच्चको अगाडि हिंसाको प्रतिकार स्वरूप रातो रंग छ्याप्न जानु पर्यो । अपसोच उनैलाई भ्यानमा हालेर प्रहरीले लग्यो ।

उनि थिइन बिनु यादव । उनले सर्वोच्चको गेट अगाडि सेतो पहिरन लगाएर रातो रंग फ्याँकेकी हुन् । श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै उनले चिच्याएर रातो रंगको घोल फालेकी हुन् । प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेपछि उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’ यसअघि उनले रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन । उनकोे मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ ।

यस्तै केही दिनदेखि युट्युव र सामाजिक सञ्चालमा आफ्ना पीडा पोख्दै आएकि छिन् नेहा चौधरीले । उनले आफ्नो श्रीमान र परिवार मिलेर आफूलाई मानसिक र शाररिक यादना दिएको भन्दै मिडियामार्फत न्यायको लागि पहल चाल्न आग्रह गरेकि छन् । उनको श्रीमान पंकज चौधरीले कुटपिट गरेको, सासुले र परिवारले विभिन्न लाल्छना लगाउदै मानसिक र शाररीक यादना दिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस राखेसँगै यो विषय विभिन्न सञ्चारमाध्यममा छाएको हो । उनले पनि आफ्नो न्यायको लागि डटेर लाग्ने उद्घोष गर्दै आएकि छन् ।

यस्तै अर्की पात्र हुन निहारिका राजपुत उनले पनि आफ्नो न्यायको लागि सडकमा आन्दोलनदेखि अनसन बसिन । कयौं आरोपहरूको खण्डन गर्दै अन्तत उनले एक किसिमले युद्ध जितिन । त्यस्तै चर्चित लोदोहोरी गायिका बबिता जेरीको आशु र पीडाका कुराले पनि सञ्चारमाध्यम तताएकै थियो । यि त केही बाहिर आएका चर्चित पात्रहरून हुन् । लुकेका नदेखेका कति कति ? यी सबै घटनाहरूसमाजको वास्तविककताको चित्रण अनि प्रतिनिधिमुलक घटना मात्रै हो । यस्ता कैयन हिंसाबाट हरेक दिन छोरीचेली पिल्सिएका छन । के छोरी भएकै कारण बाच्न नपाउने हो ? किन यतिसम्मको यातना ? कहीलेसम्म छोरी भएकै कारण मरेर बाच्नुपर्ने ?

पुरुष र महिलाले समान अवसर पाउनुपर्ने भनिँदै आए पनि कार्यान्वयन हुन नसक्दा समानताको नाराभित्र महिला अधिकार कैद भएको महशुस गर्न सकिन्छ । कथित बोक्सीको आरोप, बालिका र महिला बलात्कृत र अनगिन्ती महिलाहरु अनेक यातनाको शिकार हुनुले नेपालमा महिला अधिकारको नाजुक स्थिति उजागर भएको छ । बलात्कारजस्तो जघन्य अपराधिक घटनाको शिकार वयस्क महिला मात्र हैन, ८० वर्ष नाघेकी वृद्धादेखि नाबालिकासम्म पनि बनेका छन् । चाहे त्यो निरीहताको फाइदा उठाउँदै होस वा विपन्नताको । बलात्कारपछिका घटनालाई सामाजिक प्रतिष्ठाको विषय बनाएर वा राजनैतिक ढाकछोपका कारणले पनि आपराधिक मानसिकता मौलाउँदै गएको छ । कतै जबर्जस्ती, कतै लोभलालचका कारण बलात्कारीको चंगुलमा फस्ने गरेका महिलाहरु आफ्नै परिवारका सदस्य वा नातेदारहरुबाट पनि बलात्कृत बन्ने गरेका छन् ।

महिलामाथि हुने यौन हिंसालाई न्यूनीकरण गर्न सरकारले विभिन्न योजनाहरु तर्जुमा गरे पनि पूर्णतया कार्यन्वयन हुन नसक्दा घटना ज्यूँका त्यूँ रही आएको छ । बनेका कानुन पनि कार्यन्वयन हुन नसक्दा कागचकै सिमित छ । के शुशासन भनेको यहि हो ? अब कहिलेसम्म कानमा तेल हालेर बस्ने ? हरेक दिन महिला हिंसामा परेको कुराले सञ्चारमाध्यम रंगएिकै छन् । न्याय पाउनको लागि सडकमा आएकै छन् । त्यसैले महिलाहिंसाको प्रकृति हेरेर पीडकलाई जन्मकैदको कारबाही किन नगर्ने । कि मृत्युपछि मात्रै न्याय पाउने हो ?

१३ मंसिर २०७९, मंगलवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु