NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

विद्यार्थी नै चोराखन्ति !

सम्झना पौडेल- परिक्षा केन्द्रमा परिक्षा सुरु भएको लगभग कहिले १५ मिनेट कहिले ३० त कहिले ४५ मिनेट हुँदो हो । परिक्षा हलमा जानकारी हुन्छ । एक पटक सबैले यता ध्यान दिनुहोस् त । सुन्नुस है । तपाइहरुसँग केही सामग्री छ, झुकिएर राख्नुभएको छ, परेको छ भने अहिल्यै दिनुहोस है । पछि कुनैपनि सामग्री भेटिएमा तपाइलाई परिक्षा बाटै निष्काषित गरिनेछ । ल के–के छ ? अहिले केही हुन्न दिनुहोस् त । हामि तपाइहरूको खल्ति सर्च गर्छौ अब । यति भनेपछि सर्च हुन थाल्छ । केही इमान्दार विद्यार्थीहरूले आफूसँग भएका चिटका टुक्राहरु अगाडि बुझाउछन् पनि । सर्च गर्दा कहिले गेस पेपर भेटिन्छ । कसैको मोबाइल, कसैको स्मार्ट घडि त्यो सबै अगाडि लगेर राखिन्छ । अहिलेसम्म किन राख्नुभएको यस्तो पनि गर्ने लौ हेर्नुुसत यस्तो पपनि भेटियो भनेर देखाइन्छ पनि ।

सर्च हुँदै गर्दा कतिले खल्तिमा राखेको कुरा हतपत्त गोडाले किचेर राख्छन त कोही जुत्ता भित्र हतपत्त कोचि हाल्छन् । पहिलो सर्चिङ पछि उनिहरू निस्कछन् । परिक्षा भैरेको हुन्छ । बाहिर कसैलाई जानु परेमा गएको समय लेखेर जानुपर्ने नियम हुन्छ । बाहिर जादाँ पनि ढोकामा २÷३ जनाको टोलीले खल्ति चेक गर्न लगायतका काम हुन्छ । त्यतिबेलासम्म पनि चिट फेला पर्दैन कारण चोरको अनेक आइडियाले काम गरेकै हुन्छ । बाहिरबाट आउछन् धमाधम गेस पेपर त केहीले चिटका ट्ुक्रा हेरेर लेखिरहेकै हुन्छन ।

३ घण्टा पछि परिक्षा सकिन्छ सबैजना साथिहरूबिच कस्तो भयो ? कति गाह्रो कति सजिलो प्रश्न जस्ता कुराहरु हुन्छन । मैले एकजना धेरै चिट चोर्ने साथिमध्य कसैलाई बाहिर सोधेको हुन्छु । उनि मेरो क्यापसको नभएर अरूनै क्यापसको भएपनि एउटै बेन्चमा परेकि हुन्छिन् । कति धेरै चिट चोर्नु भएको डर लाग्दैन भन्ने मेरो प्रश्नमा उनि भन्छिनः देश लुटेर खादाँ, बेचेर खादाँ, भ्रष्टाचार गर्दा केही नहुने जाबो विद्यार्थीले परिक्षामा चिट चोर्नु कत्रो कुरा भयो त ? मैले फेरी प्रशन गर्छु हुन त हो तर कपि नै थुतेर परिक्षा नै दिन नपाएको भएत झन तपाइलाई नै समस्या हुन्थ्यो होला नि हैन ? भन्ने प्रश्नमा उन्ले भन्छिन कत्रो कत्रो घोटला हुँदा त केहि हुन्न कपि नै खोस्ने कस्को आँट ? त्यतिकैमा अर्किले थप्छिनः तिम्रो पो परिवारमा पढ्ने वातावरण छ होला । पढ्न पाउछौँ होला । मेरोत २ वटा बच्चा छ । तिनिहरुलाई स्कुल आफैँले पठाउनु पर्यो । बिहान देखि बच्चालाई टिफिन, खाना बनाउनु पर्यो उकछिन किताब त हेर्न सम्मनि पाइदैन ।

गेस पेपरपनि अस्तिमात्र किनेको । एकछिन सामान्य कुरापछि यहि कुरा आफ्नो क्यापसका साथिहरुसँग भन्छु । हैन मास्टर्स लेवलमा आएर चिट चोरेर पास हुने यो कस्तो लाजमर्दो कुरा हो । केही नजानेको कुरा हल्काफुल्का आफ्नो नजिकको साथिलाई सोध्नु सामान्य नै हो । तर परिक्षामा बसेदेखि ३ घण्टा चोरेरै बिताउनु कति लाजमर्दो कुरा हो । अब चोर्ने जतिको धेरै अरुको कम नम्बर आउने भयो भन्दा एक साथि भन्छिन तिमिलाई के को चिन्दा । सके आफूपनि चोर्ने हो । नसके जे आउँछ त्यहि लेख्ने हो । अर्कोले थप्छन हिया मास्टर्समा नि चोरेर पास हुने भए त के पढ्नु । यसरी दुइजनाको थरीथरी कुरा जे होस् परिक्षा भनेको आफूले आफूलाई जाँच्ने र आफ्नो क्षमता चिन्ने अवसर भएकाले चिट चोर्नु गलत हो भन्ने धेरैको धारणा थियो । छलफल सकियो सबैजना आ आफ्नो बाटो लागियो ।

८ असार २०७९, बुधवार १६:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु