NIC ASIA Bank Long Ad

तिहार पर्व र महत्व

तिहार किन मनाउन थालियो भन्ने बारेमा प्रशस्तै कथनहरु भेटिनछन् । मुख्य गरेर लंकाका राजा रावणलाई रामले वध गरेर सीतालाई लिएर अयोध्या आइपुग्दा अयोध्यावासीले दिपावली गरेर खुशीयाली मनाएको विश्वासमा यो पर्व मनाउन भनाउने गरिएको कथन छ । हरेक वर्ष यमराज यमपञ्चकका समयमा पृथ्विमा आउछन भन्ने मान्यता रहेको छ । भनिन्छ यमराज पृथ्बिमा आएका बेलामा मानिसको मृत्यु भयो भने नर्क जादैनन् भन्ने पनि विश्वस गरिन्छ ।

तिहारमा विभिन्न पशु,पन्छिको पुजा गरिन्छ । काग तिहारको दिन कागको पुजा गरिन्छ । कागलाई हिन्दु धर्मावलम्बीहरु दुई कुराले मान्ने गर्छ । तिहारमा कुकुरको पुजा गरिन्छ । कुकुर एउटा असल प्राणी हो । उसले घरको, घरका परिवारको सुरक्षा गर्दछ । एउटा परिवारको साथीको सदस्यको रुपमा रहन रुचाउछ । तेश्रो दिन अर्थात लक्ष्मीपुजा हो । यस दिनमा नियम अनुसार बिहान गाईको पुजा गरिन्छ । गाईलाई लक्ष्मी अथवा आमाको रुपमा हिन्दुहरुले मान्दै आएका छन् ।

दिपावलीको चौथो दिनलाई गोरु तिहार ९त्योहार० भनिन्छ । यस दिन विहान जमिन जोत्न मुख्य भूमिका खेल्ने गोरुलाई पुजा गर्ने परम्परा रहेको छ । गोरुलाई नुहाई दिएर माला लगाउने खुरमा सिङमा तेल तथा शरीरमा रंङ्ग अनि गलामा माला लगाएर मिठो खान दिने चलन छ ।

यस दिनबाट गाउँ या शहरमा मानिसहरु हुल बाधेर देउँसुरे खेल्न हिँड्छन् । यो परम्परा धेरै पुरानो र साँञ्चै रमाइलो अनि सस्कृतिले भरिएको छ । यो सस्कृति मलाइ त संसारकै राम्रो र सबैलाई जोड्ने सस्कृति भन्दा फरक नपर्ला । भाइटीकाका दिन भने दिदीबहिनीहरु विभिन्न प्रकारका स्वादिला मिष्ठान्न तयार गरेर दाजुभाइलाई टीका लगाइदिन आउछन या दाजुभाई जान्छन् । माला जसमा सयपत्री, मखमली आदि मिसिएको हुन्छ अनि टोपी, कपडा या अन्य वस्तु सजाएर राख्छन् ।

औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा बत्ति बालिन्छ । मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।

गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ । यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

शरद ऋतुमा पर्ने यो चाडलाई प्रकाश, फुल र सप्तरङ्गीको त्रिवेणीका रुपमा पनि लिईन्छ । यो समयमा जता ततै रङ्गी विरङ्गी फुलहरु ढकमक्क फुलेर सबै वातावरण नै सुवासमय र मनोरम बनेको छ ।

तिहारमा लक्ष्मी भगवानलाई विशेष रुपमा पुजा गर्ने प्रचलन छ । धनकि देवि लक्ष्मीलाई कमलको फूल निकैनै मनपर्ने धार्मिक विश्वास रहिआएको छ । लक्ष्मीको आफ्नो आसनमा मात्र होइन दुवै हातमा कमलको फूल हुन्छ ।

हिन्दु धर्ममा श्री लाई धन र पवित्र चिह्नको रुपमा लिइन्छ । यसलाई लक्ष्मीको रुपमा प्रयोग गरिन्छ अर्थात श्री भनेकै लक्ष्मी हो । त्यसैले लक्ष्मी पूजाको समयमा भित्ता र भुईमा श्री लेख्ने गरिन्छ । जहाँ प्रकाश हुन्छ त्यहा लक्ष्मी हुन्छिन् भन्ने धार्मिक मान्यता छ । अन्धकारमा कहिल्यै पनि लक्ष्मी आउँदिनन् । त्यसैले तिहारलाई उज्यालो चाड पनि भन्ने गरिएको हो ।
स्वस्तिक चिह्न लक्ष्मीलाई मनपर्ने चिह्न हो ।

अन्नको प्रचुरता समृद्धिको सूचक हो । जहाँ लक्ष्मीले वास गर्छिन,त्यहा धनधान्यले पूर्ण हुन्छ भन्ने जनविश्वास छ । अष्टलक्ष्मीमध्य एक लक्ष्मीको नाम धान्यलक्ष्मी पनि हो ।

सांस्कृतिक चाड तिहारको धार्मिक र सामाजिक हिसाबमा आफ्नै विशेषता छ । बत्तिको झिलिमिली र खुसीयालीको पर्वको रुपमा रहेको तिहारलाई चेली माइती तथा पशुपंक्षीबीचको आत्मियता, घनिष्ठता बढाउने चाडको रुपमा पनि लिइन्छ ।

तिहारमा घर सजाउनदेखि पूजाआजा, म्हपूजा र भाइटीकामा सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग अत्यधीक हुन्छ । तिहारमा विभिन्न प्रकारका मिठाइ र सेलरोटी लगायतका परिकार बनाउने प्रचलन छ । तिहारमा दिदीबहिनीले दाजुभनइलाई टीका लगाएर नरिवल, सुकुमेल, ल्वाङ, सुपाडी, छोकडा लगायतका मिश्रति मसलाजन्य सामाग्रीको प्याकेट दिने प्रचलन छ । नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसला दिने संस्कार छ । तिहारमा स्याउ, सुन्तला, भोगटे, बिमिरो, केरा लगायतका फलफूलजन्य सामग्रीको महत्व पनि अपरिहार्य छ । पूजाआजाको कार्यमा होस्, वा उपहारका लागि, फलफूल तिहारमा नभई सामाग्री हो ।तिहारमा टीका लगाउन सात प्रकारका रंगहरुको प्रयोग हुन्छ । विभिन्न पूजाआजामा अबीर र केसरी झनै अनिवार्य मानिन्छ ।

तिहार उज्यालो पर्व भएको घरलाई बत्ती बालेर झिलीमली गराउने प्रचलन छ । शहरी क्षेत्रमा विद्युतीय बत्तीहरु प्रयोग गरी घरलाई सजाउने प्रचलन ब्यापक छ । तिहारमा ओखर पनि अनिवार्य मानिन्छ । यसको प्रयोग विशेष गरी भाइटीकाका दिन हुने गर्दछ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । साथैै मसलाका रुपमा पनि यसको प्रयोग हुन्छ ।

मैनबत्ति जस्तै तिहारमा पालाको प्रयोग उच्च हुन्छ । घर आँगन उज्यालो राख्न पालामा तेल राखेर कपासको बत्ति बाल्ने गरिन्छ । तिहारमा अन्य समयमा भन्दा धेरै पूजाआजा गरिन्छ । यो समयमा धूप, अगरबत्ती लगायतको प्रयोग पनि बढी नै हुन्छ ।

यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, आर्शिवाद दिने लिने ,मेवा ,मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

५ कात्तिक २०७९, शनिवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु