NIC ASIA Bank Long Ad

सरकार प्याड निशुल्क गर !

प्याडको उपभोग गर्न नसकेकै कारण स्वास्थ्य जोखिममा

सम्झना पौडेल – महिनावारी सुन्दा सामान्य तर भोग्दा निकै कष्ठकर हुन्छ । महिनै पिच्छे महिनावारी हुँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ । त्यसो त महिनावारी महिलाको प्राकृतिक देन नै हो । महिनावारी बिशेषत १० बर्ष देखि ४९ बर्षको उमेरसम्म चलिरहने प्रक्रिया हो । कसैको कम उमेरमा रोकिनु या ढिलो उमेरमा शुरुहुनु प्राकृतिक वा बशाणुगत कारण हुनसक्छन ।

महिनावारी हुँदा महिलाका लागि आधारभूत आवश्यकता हो, प्याड । महिनावारी स्वास्थ्यका हिसाबले निकै सेन्सेटिभ कुरा हो । कामकाजी महिलाहरूले जति महँगो भए पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै प्याड उपभोग गर्न सक्छन् । महिनावारी सबै महिलालाई अनिवार्य हुने भएकाले धनि र कामकाजि महिलाले उपभोग गर्न सक्ने प्याड विपन्न वर्गका महिलाका लागि उपभोग गर्न निकै कठिन छ ।

सामान्यतया १ पटक महिनावारी हुँदा ६ वटा प्याड आवश्यक पर्छ । अहिले बजारमा ८५ रुपैया देखि १५० सम्मको प्याड चलनचल्तिमा छ । यो हिसाबले हेर्दा उच्च कोटीको नभएर ८५ रुपैयाकै महिनामा ६ वटा प्याड खरीद गर्ने हो भनेपनि ५१० रुपैया खर्च हुने देखिन्छ । खेलकुद गतिविधिमा सहभागी हुने महिलाले कसैले कप पनि प्रयोग गर्छन् । कप पुनः प्रयोग गर्न सकिन्छ । तर तम्पोन्स र सेनेटरी प्याड पुनः प्रयोग गर्न सकिन्न । धेरै महिलाले प्रयोग गर्ने भनेको सेनेटरी प्याड हो तर बिडम्बना यसैको मुल्य बढेको छ ।

बजारमा २० रुपैयाँसम्म स्यानेटरी प्याडको मूल्य बढेको छ । सरकारले आयातित प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धी कर लगाएको छ । जसकारण बजारमा आउँदा प्याडको मूल्य बढ्न गएको ब्यापारीहरूले बताउन गर्छन । प्याडको मुल्य अनुगमन नहुँदा पसलै पिच्छे फरक/फरक त छ नै । यस विषयमा पटक/पटक आन्दोलन नभएको पनि हैन । अभियान कर्ताहरूको सेनेटरी प्याडको मूल्य वृद्धि गरेकोमा धर्ना र आन्दोलन पनि गरे । तर दुइ/चार दिन आन्दोलन हुन्छ, विषय त्यतिकै सेलाउन्छ ।

यदी प्याडको प्रयोग नगर्ने हो भने दिनमा ४ पटकसम्म सफा कपडा प्रयोग गर्नुपर्ने हुन्छ । जुन झन झन्झटिलो छ । लामो समयसम्म एउटै कपडा पै्रयोग गर्ने मात्र हो भने त्यसले इन्फेक्शन नै हुन्छ । जसले गर्दा महिलाको स्वास्थ्यमा विभिन्न समस्या देखिन्छ । अझै पनि आर्थिक अवस्था कमजोर भएका महिलाहरूले स्यानेटरी प्याड प्रयोग गर्न पाएका छैनन् । प्याड प्रयोग नगरेर कपडा प्रयोग गर्दा पोल्ने–पासिने समस्या हुने गर्दछ ।

नेपालमा उत्पादन हुने प्याड आयातित प्याडभन्दा केही सस्तो हुनुपर्ने हो तर प्याडको मूल्य दिनानुदिन बढ्दो छ । महिनावारीको बेलामा सहनुपर्ने दुःख, पीडा, महिनावारीको बेलामा कपडा प्रयोग त्यसले ल्याउने स्वास्थ्य समस्याका कारण पाठेघरको क्यान्सरबाट शिकार हुनुपर्ने सम्मको बाध्यता छ । प्याड सबै वर्गका महिलाहरूले खरिद गर्न सक्ने बनाउनु सरकारको दाइत्व हो । महिनावारीमा प्रयोग हुने सामाग्रीको बिक्री वितरण र व्यवस्थापन बारे हालसम्म कुनै कानुनु नबन्नु अर्को दुःखद पक्ष हो ।

सरकारले विभिन्न ७० प्रकार औषधि निशुल्क वितरण गर्ने नीति बनाएको छ । ती ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने नीति बनाएको सरकारले महिलाको लागि नेपालमै उत्पादन हुने प्याड निशुल्क गर्न सक्दैन ? सरकार कति दिन महिलाले स्वास्थ्य जोखिममा राख्ने ?  के अब महिलाहरूले प्याडको उपभोग गर्न नसकेकै कारण स्वास्थ्य जोखिम मोल्नुपर्ने हो ? महिलाको स्वास्थ्यमा संवेदनशील बन्ने कि ?

 

२ फागुन २०७८, सोमवार १६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु