NIC ASIA Bank Long Ad

गणेश पाण्डेको डकुमेन्ट्री एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट

अमेरिकाको एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाली डकुमेन्ट्री फिल्म छनोट भएको छ । चर्चित डकुमेन्ट्री फिल्म निर्देशक गणेश पाण्डेले खुशीको सन्देश भन्दै, उहाँ निर्देशित ‘सहायक श्रीमान’ (को–हजबेन्ड) डकुमेन्ट्री फिल्म (बृत्तचित्र) एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट भएको हो ।

‘सहायक श्रीमान’ (को–हजबेन्ड) बृत्तचित्रले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएको थियो ।

साथै यो डकुमेन्ट्री फिल्मले यसअघि रसिया, भारत र स्लोभाकियामा पुरस्कार जितिसकेको छ । अमेरिका, जर्मनी, श्रीलंका लगायतका देशमा छनौट भएको छ ।

३५ मिनेटको यो बृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने चलनलाई निर्देशक पाण्डेले पर्दामा उर्तानुभएको छ ।

१४ असार २०७९, मंगलवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु