NIC ASIA Bank Long Ad

सरकारको निर्णयप्रति लगातार प्रदर्शन !

महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियान्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो।महिला अधिकारकर्मीहरूले कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

योगराज ढकालसँगै अरु दुई अभियुक्तको पनि कैद मिनाहा गर्ने प्रयास भएको छ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका बाबु थापा र रानीबारी हत्याकाण्डमा दोषी ठहर भएका मनराज गुरुङलाई संविधान दिवसको अवसरमा कैद मिनाहाका लागि अघि बढेको फाइल अन्तिम समयमा रोकिएको खुलेको हो । सर्लाहीका बाबु थापा र दोलखाका मनराजको फाइल अघि बढाउन भने माओवादी केन्द्रका नेताहरु सक्रिय थिए ।

चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले फैसला चित्त नबुझाएर सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको २०६९ जेठ १८ मा गोली हानेर हत्या गरेका थिए ।थापा अहिले सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

मनराज २०५९ असार ३१ भएको रानीबारी हत्या काण्ठका दोषी हुन् । मनराज र प्रमेश चौहानले रानीबारीमा बस्ने इञ्जिनियर दम्पत्ति हेमन्त श्रेष्ठ र अञ्जनी श्रेष्ठको खुकुरी प्रहार गरी हत्या भएको थियो । छोरी भने बाँच्न सफल भइन् ।

२०७१ चैतमा पक्राउ परेका मनराजलाई जिल्ला अदालत, काठमाडौंले २०७४ असार २८ मा जन्मकैदको फैसला सुनाएको थियो । उनको कैद मिनाहाका लागि दोलखाका केही माओवादी नेताले लबिइङ गरेका थिए ।

उनीहरुको फाइल कारागार व्यवस्था विभागमा आएर समावेश भएको थियो । दबाब आएपछि कारागार प्रशासनले दुवैजनाको फाइल विभागमा पठाएको थियो । तर, मिनराज गुरुङ र बाबु थापाको फाइल गृहमा पुगेपछि रोकियो ।

गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ ।

कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले भदौ २४ मा सिफारिस गरेको कागजात तयार पारेका हुन् ।

गृहसचिव दिनेश भट्टराई सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा २०८० भदौ २५ मा गृह मन्त्रालयले कैद कट्टाको सिफारिस गरी फाइल मन्त्रिपरिषद्मा पठाएको छ । भट्टराईले लिखित जवाफमा भनेका छन्– ‘कसुरबाट उन्मुक्ति दिएको नभई बाँकी कैद अवधि मात्रै कट्टा भएको हो ।

गृह मन्त्रालयले २५ भदौमा गरेको सिफारिस कानुनसम्मत नै भएको हुँदा रिट निवेदन खारेज गरिपाऊँ ।गृहसचिवले संविधान दिवसको दुई दिनअघि मात्रै कारागार प्रशासनमा दबाव दिएर रिगल ढकालको फाइल कैद मिनाहाका लागि झिकाउनुभएको हो ।

हतारहतार फाइल पठाइएको हो’ स्रोतले भन्यो, ‘उहाँले पुरानो मिति राखेर रिगलको फाइल मन्त्रिपरिषद्मा पेश गरेको देखिन्छ ।’ भदौ २९ बसेको मन्त्रिपरिषद् बैठकले कैद कट्टा सम्बन्धी निर्णय गरेको थियो ।

त्यसको दुई दिनपछि मात्रै रिगलको फाइल गृह प्रशासन हुँदै मन्त्रिपरिषद् अनि त्यहाँबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । स्रोतले भन्यो, ‘भदौ २९ मा मन्त्रिपरिषद्को बैठकमा रिगलको फाइल पेशै भएको थिएन ।

पुरानो मिति राखेर पछि फाइल अनुमोदन गरियो ।’२०७५ भदौ १ देखि मुलुकी संहिता कानुन जारी भएकाले त्यसअघि नै कैद सजाय पाएकाहरूको हकमा पुरानो कानुन आकर्षित हुन्छ । कारागार नियमावलीमा असल चालचलन भएको कैदीको मात्रै कैद मिनाहा गर्न पाउने व्यवस्था छ ।

गृहसचिव भट्टराईले पठाएको लिखित जवाफमा रिगलको चालचलनबारे उल्लेख छैन । बरु उनलाई कैदमा राखेका कारण कारागारमा क्षमताभन्दा अत्यधिक कैदीबन्दी रहेको भन्ने उल्लेख छ ।

उनले रिगलको कैद कट्टा गर्नुको कारणबारे भनेका छन्– ‘कारागारहरूमा क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी रहेको सन्दर्भमा नियम अनुसार केही बाँकी कैद कट्टीका लागि मन्त्रिपरिषद्समक्ष पेश गरेको ।’

कारागार कार्यालय, दाङले २०८० भदौ १५ मा रिगलको माफी मिनाहाको फाइल कारागार व्यवस्था विभागमा पठाएको थियो । विभागका कर्मचारीहरूले जघन्य अपराधको फाइल माफी मिनाहाका लागि पेश गर्न उचित नहुने भनी निर्णय गर्न अस्वीकार गरेका थिए ।

तर, गृहसचिवले फाइल अघि बढाउन दबाव दिएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको चाहना अनुसार गृहसचिव भट्टराईले रिगलको फाइल अगाडि बढाउन सक्रियता देखाएका थिए ।

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानी हत्या गरेको आरोपमा जन्मकैद (२० वर्ष) को सजाय पाएका रिजल ८ वर्ष २५ दिन मात्रै कैद बसेर रिहा भएका हुन् ।रिगलले भने आफू सुध्रिइरहेकाले सरकारले आफूलाई कैदमुक्त गरेको दावी गरेका छन् ।

सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने क्रममा उनले आफू कैदमुक्त भएपछि कुनै पनि अपराध नगर्ने प्रतिबद्धता गरेको दावी गरेका हुन् ।‘अब उप्रान्त कुनै पनि किसिमको कसुरजन्य क्रियाकलापमा संलग्न हुनेछैन ।

कुनै कसुरमा संलग्न भएमा कैद कट्टा भएको सजाय समेत भोग्न मञ्जुर गर्दछु भनी प्रतिज्ञा र स्वघोषणा गरेको छु’ रिगलले लिखित जवाफमा भनेका छन्, ‘कैदमुक्त नगरे मेरा लागि हदैसम्मको अन्यायको अवस्था सिर्जना हुँदा कारागारमा मात्रै बाँच्न पाउने गरी व्यवस्था नगरिदिनुहुन अनुरोध गर्दछु ।’

फूलमाला सहित उनी रिहा भएपछि चेतनकी पत्नी भारती मानन्धरले सरकारको निर्णय बदर गरी रिगललाई फेरि कैद गर्नुपर्ने भनी सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकी छन् ।

उनीहरूले ‘क्रुर हत्याको आममाफी फिर्ता गर्’, ‘अपराधीलाई सम्मान गर्न बन्द गर’, क्रुर हत्याको आममाफी फिर्ता गर’ उल्लिखित प्लाकार्ड प्रदर्शन गरेका थिए।

सरकारको यो निर्णयप्रति त्यसयता लगातार प्रदर्शन भइरहेको छ । योगराज ढकाल (रिगल) लाई नेपाली कांग्रेसका शीर्ष नेताहरुको दबावमा कैद मिनाहा गरेको पाइएको छ ।

रिगललाई जेलमुक्त गराउन कांग्रेस सभापति शेरबहादुर देउवा र सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको जोडबलमा गृहसचिव दिनेश भट्टराईले प्रशासनमा ठाडो हस्तक्षेप गरेको खुलेको हो ।

जन्मकैद पाएकाले मुलुकी ऐन अनुसार, २० वर्ष कैद सजाय भोग्नुपर्ने छ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीको असल चालचलन भएमा बाँकी कैद माफी मिनाहा हुनसक्ने कानूनी व्यवस्था छ । कानूनी व्यवस्थालाई टेकेर उनीहरुको फाइल अघि बढाइएको थियो । नव जनप्रहारका साथमा ।

२९ असोज २०८०, सोमवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु