NIC ASIA Bank Long Ad

सयौं राष्ट्रिय भाउजुहरू अनि एक आमा !

सयौं राष्ट्रिय भाउजुहरू अनि एक आमा
आमा हुनुहुन्थ्यो एक बिरगंना
जो युगको सबैभन्दा डरलाग्दो लडाइँमा
उभिनु भो ठिङ्ग
आमा हुनुहुन्थ्यो एक योद्धा
जस्ले कहिले पनि
समरमा आत्म समर्थन गर्नु भएन
आमाहरू उपर
इतिहासले सिर झुक्कायो
र भन्यो लाल सलाम आमा
लाखौं उत्पीडित भाउजुहरूलाइ
म गर्छु एक साहसको अभिवादन
जो
कहिले श्रमबाट भागेनन
एकथरी भाउजुहरू
सत्तासिन दाइहरूको बुइ चढेर
देशलाई जुवाघर बनाएर
आफू मात्र बाचे हाइसुखले
ती भाउजुहरूप्रती
म व्यक्त गर्छु सदाबहार खेद प्रकट
इतिहासले ती राष्ट्रिय भाउजु उपर
लेखेको छ एक शोक बिज्ञप्ति
ती भाउजुहरूको नाम अब
इतिहासमा लिइनेछैन सहि गरि
कुनै राष्ट्रिय सम्मान बन्नेछैन भाउजुका लागि खास
रसुवाली कवि

२७ असार २०८०, बुधवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु