NIC ASIA Bank Long Ad

ल क्याम्पसमा यौनिक/अल्पसंख्यकको अवस्थाबारे अन्तरक्रिया

नेपाल ल क्याम्पसमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अवस्थाबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ल क्याम्पसको शभाहलमा ‘अखिल क्रान्तिकारी नेपाल ल क्याम्पस कमिटी’को आयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा उक्त समुदायको वर्तमान अवस्था, कानुनी मान्यता लगायतको विषयमा बृहत छलफल गरिएको छ ।

वक्ताकारूपमा ट्रान्सवुमन भुमिका श्रेष्ठ, ट्रान्सम्यान सुदिप गौतम र कानूनी विशेषज्ञ सुजन पन्तले सो विषयबस्तुमाथि प्रकाश पार्नुभएको हो । अल्पसंख्यक समुदायको ब्यक्तिहरूका साथै कानुन विज्ञको उपस्थितिमा भएको कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वैवाहिक समानता, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको परिवेश लगायत विषयमा बृहत छलफल भएको छ ।

कार्यक्रममा ल क्याम्पसका स्ववियूु सभापति विष्णु ढुङ्गेललगायत कानुन विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।

१५ वैशाख २०८०, शुक्रवार १९:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु