https://election.gov.np/
NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

युनिलिभर नेपालले डाक्यो एजीएम

युनिलिभर नेपाल लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा ९एजीएम० डोकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो मंसिर २० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित होटेल एभरेस्टमा दिउँसो ४ः३० बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नेछ। कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले वार्षिक साधारणसभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ।

सभाले कम्पनीको नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त ठानेका संशोधनका प्रस्तावहरु पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षका वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

कम्पनीले सभा र लाभांश वितरण प्रयोजनार्थ आउँदो मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १ गतेसम्म मंसिर २ गते शुक्रबार र ३ गते शनिबार० कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

 

२८ कात्तिक २०७९, सोमवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु