NIC ASIA Bank Long Ad

घट्यो इन्धनको नयाँ मूल्यसूची

इन्डियन आयल कर्पोरेसन आईओस ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ।

आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ।

आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएर पठाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।

१ साउन २०७९, आइतवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु