NIC ASIA Bank Long Ad

एनआइसीको १० गुणासम्म रकम प्राप्त हुने स्किम साउन मसान्तसम्मै

एनआइसी एशिया बैंकले आफ्नो बहुचर्चित डिपोजिट प्रडक्ट ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’को अवधि एक महिना बढाएको छ ।

बैंकले शनिवार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्मका लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने यो प्रडक्टमा सहभागी हुने समयर्ला बढाएर साउन मसान्तसम्म कायम गरिएको जनाएको हो ।

ज्ञटछठज्ञढघद्धद्दछद्यष्शकबबि((द्दछण्(ह(द्दछण्।नष
व्यक्तिगत, संस्थागत एवम् रेमिटेन्स ग्राहकलक्षित यस योजनामा देश एवम् विदेशमा बस्ने नेपाली एवम् विभिन्न संस्थाहरूले अभूतपूर्वक सहभागिता र रुचि देखाएका समेत विज्ञप्तिमा दाबी गरिएको छ ।

यस योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउन सकिनेछ भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिनेछ ।

१ साउन २०७९, आइतवार १०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु