NIC ASIA Bank Long Ad

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ओम्नीच्यानल एपमा स्तरोन्नति

यस एन आई सी एशिया बैंकले Omnichannel App प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) को शुभारम्भ गरेको छ । बैंकले Omnichannel App मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहक महानुभावहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले वर्तमान एनआईसी एशिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नीच्यानल एपबाट ग्राहकले अधिकतम बैंकिङ सेवाहरु सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवाहरु यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ।

स्तरोन्नतिपश्चात यस एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दति खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्किम ट्रान्सफर, लकर सुविधा लिनलगातका धेरैभन्दा धेरै बैंकिङ सेवा ओम्नीच्यानल एपमार्फत डिजिटल प्राप्त गर्न सक्नेछन्।

यसका साथै एनआईसी एशिया बैंकमा खाता नहुनेहरुले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटका रुपमा प्रयोग गर्न सक्नेछन्। जसबाट समेत क्यूआर भुक्तानी, युटिलिटी बिल भुक्तानीलगायत अनेकौँ सेवा लिन सकिनेछ।

जारी विज्ञप्तिः

PR on Launch of Omni Channel

 

१९ असार २०७९, आइतवार १७:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु