NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

एनआईसी एशियाले ल्यायो सर्वश्रेष्ठ १० गुणा रकम फिर्ता हुने मुद्दति योजना

एनआईसी एशिया बैंकले यहि असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता  हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सार्वजनिक गरेको छ। यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यास ग्राहक लक्षित गरी ल्याइएको हो ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दति खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्। निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशतबराबर रकम कर्जासमेत लिन सक्नेछन्।

बैंकले मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको हो ।
यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, तीन कर्जासम्बन्धी फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थीयो ।

बैंकले मुलुकभर ३५८ शाखा कार्यालयहरु, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा करिब रु.३ अर्ब १६ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी बुझाएको छ।

हेरौं यो तालिका

१६ असार २०७९, बिहीवार १६:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु