NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मर्जर प्रयोजनका लागि आज जेठ ३० गतेबाट लागू हुने गरी यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ बमोजिम इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

३० जेठ २०७९, सोमवार १३:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु