NIC ASIA Bank Long Ad

असारबाट सेयर कारोबार हप्ताको ६ दिन हुने

असारबाट सेयर कारोबार हप्ताको ६ दिन हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज बसेको सञ्चालक समितिको बैठकले सार्वजनिक बिदाका दिनबाहेक हप्तामा आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार खुला गर्ने निर्णय गरेको हो।

आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुनेछ। ‘शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेयर कारोबार हुनेछ’, उनले भने।

३० जेठ २०७९, सोमवार १३:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु