नबिल बैंकको नामबाट फेसबुक एकाउन्ट बनाएर ठगी

नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बैंकले नै एक सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएको छ ।
फेक अकाउन्टबाट नगद उपहार परेको जस्ता भ्रामक सूचना प्रवाह भएको पाइएको भन्दै बैंकले भ्रममा नपर्न आग्रह गरेको छ । नक्कली अकाउन्टबाट प्रेषित भ्रामक सूचना ठगीको नियतका साथ सम्प्रेषण भएको हुनसक्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ ।
३० जेठ २०७९, सोमवार १३:३१ बजे प्रकाशित