NIC ASIA Bank Long Ad

एनआइसी एसियाको सर्वश्रेष्ठ तलब बचतः ८४ लाखको बीमा

एनआईसी एशिया बैंक बचत निक्षेप बढाउन केन्द्रित भएको छ । बचतकर्तालाई अधिकतम ब्याजदर र सुविधा प्रदान गर्दै बैंकले आकर्षक बचत खाताहरु सञ्चालनमा ल्याएको छ । त्यसमध्येको एक हो तलब बचत खाता ।

बैंकले विभिन्न फाइदा र कर्मचारीको संख्याको आधारमा ३ प्रकारका त्यस्ता खाता सञ्चालनमा ल्याएका छन् । एनआईसी एशिया गुडविल एम्बेसडर, द प्राइड अफ एनआईसी एशिया र द पार्टनर अफ एनआईसी एशिया हुन् । जसमा ३ प्रकारको सर्वश्रेष्ठ बीमा फाइदाहरू, ३ प्रकारको सर्वश्रेष्ठ कर्जा सम्बन्धी फाइदाहरू र १८ प्रकारका अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् । यी प्रत्येक खातामा वार्षिक ८.०३ प्रतिशत ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

खाता खोल्न आवश्यक कर्मचारीको संख्या

बैंकले कम्पनीको कर्मचारी संख्याको आधारमा तबल बचत खाता ल्याएको छ । जस्तो कि, ५० भन्दा माथि कर्मचारी संख्या भएको कम्पनीले एनआईसी एशिया गुडविल एम्बेसडर खोल्न सक्नेछन् । त्यस्तै, ५ देखि ४९ जना कर्मचारी भएको व्यवसायी प्रतिष्ठानले द प्राइड अफ एनआईसी एशिया खाता खोल्न सक्छन् । बैंकले साना कम्पनीको लागि भनेर द पार्टनर अफ एनआईसी एशिया तलब बचत खाता उपलब्ध गराएको छ । ५ भन्दा कम कर्मचारी भएको संस्थाहरूले समेत यस्तो खाता खोल्न सक्नेछन् ।

८४ लाखसम्मको बीमा फाइदा

बैंकले यी तलब बचत खाता खोल्ने ग्राहकको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । एनआईसी एशिया गुडविल एम्बेसडर तलब बचत खाता सबैभन्दा उत्कृष्ट खाता हो । जसमा ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध छ । गुडविल एम्बेसडर तलब खाता हुने कर्मचारीले आफु एवं आफुले सिफारिस गरेका ३ व्यक्ति गरी चार जना बराबरको ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोक बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा पाउनेछन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउने छन् ।

यो बीमा फाइदा पाँच वर्षसम्म उपलब्ध हुनेछ । यसको अर्को अझ राम्रो पक्ष के हो भने यस खातावालाले तोकेको अन्य तीन जनाले पनि यो बीमा फाइदा पाउनेछन् । त्यस्तै, प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि २ लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ । औषधोपचार बीमाको २ लाखमध्ये अस्पताल भर्ना भएको अवस्थामा १ लाख ६० हजार रुपैयाँ र ओपीडीको लागि ४० हजारर रुपैयाँ बीमावापत उपलब्ध गराइने छ । यस्तो फाइदा खातावालाले आफूले मात्र प्रयोग गर्ने छैन् । उसले तोकेको अर्को एकजनाले पनि यो बीमा पाउने छन् । यो खातावालाले पनि यस्तो बीमा फाइदा ५ वर्षको लागि उपलब्ध हुनेछ । त्यस्तै, पार्टनर तलब खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ बराबरको बीमा फाइदा पाउने छन् । जसमा दुर्घटना बीमा १० लाख, घातक रोक बीमा १० लाख र औषधोपचार बीमा १ लाख रहेको छ । औषधोपचारको १ लाख बीमामध्ये ओपीडी उपचारको लागि २० हजार रुपैयाँ र अस्पताल भर्नाको लागि ८० हजार रुपैयाँ तोकिएको छ । पाँच वर्षसम्म उपलब्ध हुने यो बीमा फाइदा यस खाताको बीमा भने खातावालाले मात्र प्रयोग गर्न पाउनेछन् ।

क्र.सं. विवरण फाईदा
डेबिट कार्ड  पाँच वर्षको लागि निः शुल्क
मोबाइल बैंकिङ्ग  पाँच वर्षको लागि निः शुल्क
इन्टरनेट बैंकिङ्ग  पाँच वर्षको लागि निः शुल्क
वार्षिक क्रेडिट कार्ड शुल्क  पाँच वर्षको लागि निः शुल्क
क्रेडिट कार्ड सीमा  अधिकतम रू. ५ लाखसम्म
क्रेडिट कार्ड जारी शुल्क  निः शुल्क
क्रेडिट कार्ड वार्षिक शुल्क  निः शुल्क
प्रिपेड डलर कार्ड  पाँच वर्षको लागि निः शुल्क
डिम्याट खाता एवं मेरो शेयर शुल्क  पाँच वर्षको लागि निः शुल्क
१० चेक क्लियरिङ  पाँच वर्षको लागि निः शुल्क
११ RTGS  पाँच वर्षको लागि निः शुल्क
१२ IPS/CPS/Fund Transfer  पाँच वर्षको लागि निः शुल्क
१३ लकर दस्तुर/लकर मार्जिन  पाँच वर्षको लागि निः शुल्क/१०० प्रतिशत मिनाहा
१४ Portfolio Management सेवा शुल्क  पाँच वर्षको लागि ५० प्रतिशत छुट
१५ ई–कमर्श  निः शुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क
१६ स्विप इन–स्विप आउट सुविधा  खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ ।
१७ एटीएम शुल्क  देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निः शुल्क
१८ विदेशी मुद्रा (USD, GBP, EUR, CAD र AUD) सटही  २५ पैसा Premium वा Reb

१४ चैत २०७८, सोमवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु