NIC ASIA Bank Long Ad

८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भोलि फागुन २ गते ८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले फागुन ३ गते जारी गर्न लागेको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ जेठ ३ गते परिपक्व हुनेछ।

यसैगरी राष्ट्र बैंकले १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ साउन ३१ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

 

१ फागुन २०७८, आइतवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु